नियम
कैद कट्टा गर्न सकिने
: (१) प्रचलित कानून बमोजिम कैद सजाय भई कैदमा रहेका कस्रदारको कैदमा रहँदा चालचलनमा सुधार आएमा र निजले ऐनको दफा ३७ बमोजिमको अवधिको कैद सजाय भुक्तान गरेमा निजलाई भएको कैद सजाय ऐन-“तिथा यस नियमावली बमोजिम कट्टा गर्न सकिनेछ ।

(२) प्रचलित कानून बमोजिम सरकारवादी भई चलेको कुनै मुद्दामा कैद सजाय पाई केद भोगिरहेको जेष्ठ नागरिकलाई ज्येष्ठ नागरिक सम्बन्धी प्रचलित कानून बमोजिम कैद कट्टा गर्न सकिनेछ ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ३७ मा उल्लिखित कसूरदारका अतिरिक्त देहाय बमोजिमका कसूरदारलाई लागेको कैद कट्टा गर्न सकिने छैन-

(क) राज्य विरुद्धका कसूरमा सजाय पाएको,

(ख। युद्ध अपराध सम्बन्धी कसूरमा सजाय पाएको, (ग) बिध्वेशात्मक अपराध सम्बन्धी कसूरमा सजाय पाएको,

(घ) बालबालिका विरुद्धको यौन शोषण वा हिसा सम्बन्धी कसूरमा सजाय पाएको,

(ङ) बहुबिवाहको कसूरमा सजाय पाएको,

(च) केदबाट भागे भगाएको कसूरमा सजाय पाएको, र

(छ) अदालतको फैसला बमोजिमको दण्ड, जरिबाना र बिगो तिर्न बुझाउन बाँकी रहेको ।